नेपाल इजरायल सम्बन्ध
इजरायल मा भर्खर नेपाली दूतावास को स्थापना भएको छ यद्यपि नेपाल इजरायल सम्बन्ध को इतिहास भने अत्यन्त पुरानो हो । स्वतंत्र प्रजातान्त्रिक नया राष्ट्र का रुप मा बिस्व का अन्य राष्ट्र हरु बिच स्वीकार अस्वीकार र आपत्ति का बिभिन्न खाले प्रश्नहरु उठी रहेको थियो। सो बेला तत्कालीन नेपालका प्रधानमंत्री बिश्वेस्वर प्रसाद कोइरालाको इजरायल प्रति बिशेष चासो र सकारात्मक दृष्टिकोण रहेको थियो।.उनले द्विपक्षीय सुरक्षा सम्बन्ध मा बिशेष जोड़ दिएका थिए।
यो प्रसंग नेपाल इजरायल संबन्धको प्रारम्भ मै किन पनि उल्लेख गर्न चाहेको भने नेपालका तर्फ बाट इजरायल को औपचारिक भ्रमण गर्ने प्रथम ब्यक्ति उनी नै थिए।उनले द्विपक्षीय कुटनीतिक सम्बन्ध को स्थापना बर्ष १९६० मा इज्रयालको भ्रमण गरेका थिए त्याही बेला देखि नेपाल इजरायल संबन्धको इतिहास शुरू हुन्छ ।
राजनैतिक सम्बन्ध
औपचारिक रुपमा नेपाल इजरायलबिच कुट्नैतिक सम्बन्ध १९८०,जून १ देखि शुरू भएको हो। मार्च १९६१ मा इजरायल ले काठमांडूमा दूतावास को स्थापना गर्यो इजरायल का लागि भने इजिप्टमा रहेको नेपाली नियोग द्वारा संयुक्त रुपमा हेरिने ब्यबस्था भयो। कुट्नैतिक निकाय को रूप मा नेपालले इजरायल मा royal nepalese honarary consulate general पछि आएर १९९३ मा मात्र स्थापना गरेको हो।
बिगत का कही बर्ष सम्म निरंतर कुट्नैतिक सम्बन्ध स्थापना गरेर इजरायल को अस्तित्व लाई पूर्णत स्वीकार गर्ने दक्षिण यशियाली मुलुक हरुमै नेपाल पहिलो राष्ट्र थियो,बिगत देखि निरंतर नेपाल सुरक्षित अंतर्राष्ट्रीय सिमाना र इजरायल को स्वतंत्रता को पक्षमा रहेको छ।
सुरक्षा परिषद् का मुद्दा हरु १९६७ (२०२) र १९७३(३३८) मा नेपाल ले सबै राष्ट्र हरुको शांतिपूर्ण र स्वतंत्र अस्तित्व हुनु पर्छ भनेर अप्रत्यक्ष रुपमा मतदान गरेको थियो। इजिप्ट इजरायल को क्याम्प डेबिड लगायत मध्यपूर्विय शान्ति प्रक्रिया का लागि अमेरिका लगायतका राष्ट्र हरु द्वारा समय समयमा प्रस्तावित सबैखाले योजना र कार्यक्रम हरुको नेपाल ले स्वागत गर्दै आएको छ। १९७५ मा संयुक्त राष्ट्र संघ साधारण सभामा अरबी हरु द्वारा प्रायोजित जातीय भेदभाव र यहूदी समीकरण को पक्षपाती मुद्दा (३३७९)लाई नेपाल ले सीधै अस्वीकार गरेको थियो।
पश्चिम यशियामा परिवर्तित शान्ति स्थापनाका लागि सोही ड्राफ्ट (३३७९) लाई परिमार्जन गरेर अमेरिकाले पुन नया प्रस्ताव ल्यायो। सो परिवर्तित प्रस्तावले भने इजरायल का धेरै आकांक्षा हरु प्रतिबिंबित गर्ने भएकोले नेपाल लगायत बिश्व का धेरै राष्ट्र हरु सो को पक्षमा उभिए,जसका लागि अमेरिका इजरायल र अरु पश्चिमी राष्ट्र हरुले समर्थन को स्वागत र कृतज्ञता ब्यक्त गरे। यसरी हामी के भन्न सक्छौ भने नेपाल प्रारम्भ देखि नै सधै इजरायल को पक्षमा रहेको छ।
द्विपक्षीय भ्रमण हरु
बिभिन्न समयमा नेपाल र इजरायलका तरफ बाट बिशिष्ट ब्याक्तिहरू द्वारा भएका औपचारिक र अनौपचारिक भ्रमण हरुले यी दुई देश बिच को दौत्य सम्बन्ध सुधरमा थप योगदान गारी नै रहेको छ।
स्वर्गीय प्रधान मंत्री बी पि कोइराला ले इजरायल १९६० मा भ्रमण गरेका थिए स्थापना का धेरै पछि सम्म र (आजसम्म पनि?) इजरायल राष्ट्र को अस्तित्व माथि प्रश्न उठी रहेको थियो , सो स्थितिको अंतर्राष्ट्रीय धार मा नेपाल इजरायलको पक्षमा रहनु इज्रयालको लागि महत्व पूर्ण थियो।
स्वर्गीय सरकार महेंद्र बाट सेप्टेम्बर १९६३ मा इजरायल को राजकीय भ्रमण भयो। राष्ट्रीयस्तरको सो भ्रमणले द्विदेशीय सम्बन्ध अझ सुधार भयो,फलस्वरूप इजरायल का तत्कालीन राष्ट्रपति जलमन सजर ले पनि नेपालको औपचारिक भ्रमण गरे ।
१९६८ मा राजा श्री ५ बिरेन्द्र र पछि युबराज दीपेन्द्र सरकार द्वारा इजरायल को २ हप्ते अध्ययन भ्रमण संपन्न भयो। कृषि र प्रबिधि मा उच्च स्तरीय पद्दति अन्गालेको इजरायल मा नेपाल लगायत बिभिन्न देशबाट सो बिशयमा अध्ययन गर्न बिद्यार्थी हरु लाई छात्रबृत्ति दिईंछ।
इजरायल का प्रधान मंत्री मोशे दयनले नेपालको औपचारिक भ्रमण १९७९ मा संपन्न गरे।
प्रतिनिधि सभाका तत्कालीन सभामुख दमन नाथ ढुंगाना द्वारा १९९२ जनवरी मा इजरायली केनेसेट का सभा मुखको निम्तोमा इजरायल भ्रमण भयो । इजरायली संसद लाई केनेसेट भनिन्छ ।
यसैगरि नेपाल का तत्कालीन प्रधान मंत्री गिरिजाप्रसाद कोइराला ले १९९३ जून मा इजरायल को औपचारिक भ्रमण गरे। सो भ्रमण पनि कूटनैतिक र राजनैतिक दृष्टीकोण बाट महत्वपूर्ण थियो ।
त्यस पछि नेपाल र इजरायल का बिभिन्न बिशिष्ट ब्यक्ति हरु द्वारा बारम्बार दुई देश बिच को राजनैतिक आर्थिक र सामाजिक सम्बन्ध का बिषय मा औपचारिक अनौपचारिक भ्रमण हरु भै नै रहेका छन (…….पछि बिस्तारमा )
प्रधान भ्रमण
जुलाइ १२ २००७

नेपालकी बिदेशमंत्री सहना प्रधानको इजरायल भ्रमण द्विदेशिक कुत्नैतिक हिसाबले सबभन्दा अर्थपूर्ण र महत्वपूर्ण रह्यो बिगत केही समय यता इजरायल कृषि तथा नर्सिंग (केयारगिभर) मा काम गर्ने नेपाली हरुको राम्रो वैदेशिक रोज़गारक्षेत्र बनिरहेको थियो, तर में २००७ मा दूतावासको आभाव देखाएर इजरायलले नेपाली कामदारका निमित्त नया प्रवेशमा रोक लगायो ।
अर्थतंत्रको एक महत्वपूर्ण अंश वैदेशिक रोजगारीले धानेको नेपालका निमित्त यो निर्णयले नकारात्मक असर पुग्नु त स्वभाबिक नै थियो साथै इजरायल आउनका निमित्त म्यानपावरमा पैसा बुझाई सकेर भीषा प्रक्रियामा पुगीसकेका कैयौ नेपालीको आकांक्षामा आघात पुग्न गयो ।
सोही अवस्था सुधार गर्नुका लागि र इजरायलमा आवश्यक नियोग या दूतावास स्थापना गरि वैदेशिक रोजगारीको ढोका खोल्नका लागि इजरायल लगायत नेपालका बिभिन्न बुद्दिजीवी,पत्रकार वा म्यानपावर प्रतिनिधिहरु र कामदारको कोशिश र प्रयत्न स्वरुप नेपाल सरकार इजरायलमा दूतावास खोल्न सकारात्मक भयो ।
यसै क्रममा १२ जुलाइ २००७ मा नेपालकी विदेश मंत्री सहना प्रधान इजरायलको भ्रमणमा आउनु भयो ।उहाले भ्रमणका अवसरमा नेपाल सरकारले निकट भविष्यमा इजरायलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय सुनाउनु भयो ।इजरायलकी उप प्रधान मंत्री तथा बिदेश मंत्री समेत रहेकी सीपी लिवनी संगको भेटका अवसरमा उहाँले सो कुरा बताउनु भएको थियो ।नेपाल इजरायल बिच कूटनैतिक सम्बन्ध स्थापना भए पछि १९६० देखि यता यो नै बिदेश मंत्रीको पहिलो इजरायल भ्रमण पनि थियो ।प्रधानले सो अवसरमा नव निर्वाचित राष्ट्रपति सिमोन पेरेज़ संग भेटी नेपालका प्रधान मंत्री गिरिजा प्रसाद कोइरालाका तर्फबाट शुभकामना संदेश दिनुभयो। इजरायली बिदेश मंत्रालयका निर्देशक आरोन अब्रामोविचले पनि प्रधान संग भेट गर्नु भएको थियो।
सोही अवसरमा प्रधानले वैदेशिक सम्बन्ध परिषद् इजरायलद्वारा आयोजित कार्यक्रममा संबोधन गर्नुका साथै उहाँले “याद वाशेम” (यहूदी राज्य स्थापनार्थ शहीद भएका यहूदीहरुको स्म्रितिस्थल) भ्रमण गर्नुभै दिवंगतहरुप्रति श्रद्धा अर्पण गर्नुभयो । सो भ्रमणमा दुबै देशका बिदेश मंत्री द्वारा नेपाल इजरायल दुई पक्षीय मैत्री सम्बन्धका बिषयमा बहस र सुधारका लागि प्रतिबद्धता व्यक्त गरे । नेपाल र इजरायलबिच सहयोग सहकार्यका क्षेत्रहरु र साझा हितका सम्बन्धमा पनि उक्त अवसरमा छलफल भयो ।
उप प्रधानमंत्री लिवनीले इरानको चेतावनी र अतिवादले बिश्वमा बढेको त्रासका सम्बन्धमा इजरायली चासो व्यक्त गरिन भने प्रधानले राष्ट्र संघीय सुरक्षा परिषद् ऐंन २४२ बाट समाधान निस्कने र मध्यपूर्वमा शान्ति बहाल रहने कुरामा आशावादी रहनुपर्ने बताउनु भयो । मंत्री लिवनीले नेपालमा हुदै गरेको शान्ति प्रक्रिया र नेपाली जनताको प्रयासको कदर र सफलताको शुभकामना दिनु भयो र नेपाली दूतावास स्थापना पश्चात् दुई देशको सम्बन्ध अझ प्रगाढ़ हुने बिश्वास व्यक्त गर्नुभयो ।
साथै नेपालका बिभिन्न क्षेत्रमा सहयोग गर्न इजरायल इच्छुक रहेको पनि बताउनु भयो ।
नेपाली कामदारको प्रसंग सो भेटको महत्वपूर्ण बिषय थियो, दुई देशको मैत्री सम्बन्ध र नेपालीको इजरायल प्रतिको झुकाव लाई आधार मानेर इजरायलको वैदेशिक जनशक्ति रोज़गार क्षेत्र नेपाली कामदारका निमित्त यथासंभव शीघ्र पुन सञ्चालन र सुचारू गर्ने कुरामा छिटै सहमती हुने अपेक्षा प्रधानले राख्नु भएको थियो र सो का लागि अनुरोध पनि गर्नु भएको थियो ।
निष्कर्षमा नेपाल र इजरायल बिचको दुई पक्षीय कूटनैतिक सम्बन्ध कायम राख्नको लागि दुवै देशका विदेश मंत्रालय द्वारा स्थायी संयंत्र निमार्ण गरि सम्बन्ध सुदृढ़ गर्ने बिषयमा दुबै बिदेश मंत्री सहमत भए ।
</a





